एमाले मधेशप्रेमी पार्टी हो: एमाले नेता बलम्पाकी
वि.सं.२०७८ फागुन ११ बुधवार २०:३३
2.8K
shares
बर्दिबास : एमाले केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले एमाले मधेशप्रेमी पार्टी भएको बताएका छन् ।
एमाले गौशला नगर कमिटीले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम तथा पार्टी प्रबेश कार्यक्रममा बोल्दै एमाले नेता बलम्पाकीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले मधेशमा गरेको विकास निर्माणको फेहरिस्त प्रस्तुत गर्दै एमाले मधेशप्रेमी भएको बताए ।
नेता बलम्पाकीले १३ अरब लगानीमा हुलाकी राजमार्ग पुनस्निर्माण , सदरमुकाम जोड्ने सडक , एसियाली रेलवे नेटवर्क , कोशी र गण्डकी योजना अन्तर्गत कलकत्ता सम्म पुग्ने गंगाधर जल यातायात ओली सरकारको मधेशलाई कोशेली स्वरूप उपलब्ध गराएको बताए ।
त्यस्तै सुनकोशी – मरिन – कमला डाईभर्सन ,जनता तटबन्धको योजना थालनी गरेकाले एमाले मधेशप्रेमी भएको प्रमाणित भएको जिकिर गरे ।
बलम्पाकीले भने – ‘ एमाले मधेश विरोधी भनेर भ्रम छर्नेहरू मधेश लक्षित एमालेको विकास देखेर दुलो भित्र छिरेकाछन् ।’
नेकपा एमाले मधेश प्रदेश सचेतक शारदादेवी थापाले अन्य पार्टीले झैँ एमालेले ब्यक्ति होईन समाज बनाउने बताएकी छन् ।
आज बुधबार महोत्तरीको गौशलामा आयोजित एमाले गौशला नगरकमिटीले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान एंव पार्टी प्रबेश कार्यक्रममा बोल्दै सचेतक थापाले यस्तो बताएकी हुन् ।
चुनावका बेला विभिन्न राजनीतिक दलका उमेदवार विभिन्न आश्वशन लिएर मत माग्न आउने तर जितेपछी समाजलाई बिर्सेर आफू बन्ने गरेको उनको भनाई थियो ।
थापाले प्रश्न गर्दै भनिन् – तर एमालेले सुरू गरेको सामाजिक सुरक्षा भत्ता वितरण र अन्य सेवा सुविधामा कसैलाई पक्षपात गरेको तपाँईहरूलाई थाहा छ ? एमालेले कसैलाई पक्षपात गर्दैन । किनकी एमाले समाज बनाउन चहान्छ ।
एमालेलाई भोट हाल्न आग्रह गर्दै सचेतक थापाले भनिन् – समाज बनाउन सूर्य छापमा भोट हालौँ ।कार्यक्रममा एमाले प्रदेश सदस्य माधब श्रेष्ठले हालको सत्ता गठबन्धन अप्राकृतिक भएको बताए । उनले भने – एमसिसि काण्डले अहिलेको सत्ता गठबन्धन अप्राकृति भएको प्रमाणित हुन्छ ।
त्यस्तै एमाले गौशला नगर कमिटी अध्यक्ष अजय कुशबाहले अघिल्लो चुनाव सम्म एमाले मधेश विरोधी भनेर चुनाव प्रचार गर्न गाउँ समेत ढुक्न नदिएको बताउँदै भने – तर अहिले एमालेको विकासप्रेमी पार्टी भनेर निर्धक्क गाउँगाउँमा संगठन बनाउन पाईन्छ ।
वि.सं.२०७८ फागुन ११ बुधवार २०:३३



















