YouTube Link

किन सक्रिए भए अमेरिकी राजदूत र्‍यान्डी बेरी ?

World Cup 2026
Facebook Link

 

काठमाडौं: एमसीसी सम्झौता अनुमोदनको विषयले सत्ता गठबन्धनमा दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

 

बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

 

देउवालाई भेट्न राजदूत बेरी बुधबार साँझ करिब ६ बजे बालुवाटार पुगेका थिए ।

 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राजदूतसँग सत्तागठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको विषयमा कुरा गरेका थिए ।

 

अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्यो समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।

 

राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।

 

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद छ ।

 

सरकारले प्रतिनिधिसभाको बैठकमा टेबल गर्ने प्रस्ताव गरेपछि त्यसको विरोधमा सत्ताघटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता नै सडकमा उत्रिएका थिए ।

 

सत्तारुढ दलबाटै विरोध भएपछि प्रधानमन्त्री देउवा पछि हटेका थिए । त्यहीबीच प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो ।

 

एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने विषयमै सहमति खोज्न गठबन्धनको बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाईएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...