नेविसंघको अध्यक्ष बन्नका लागि तिमिल्सिनाको दौडधुप
वि.सं.२०७८ फागुन ५ बिहीवार १२:२८
3.8K
shares
काठमाडौं: नेपाली कांग्रेसले आफ्ना अधिवेशनको म्याद समाप्त भएका भातृ संगठन विघटन गरेको छ ।
विघटनसँगै नेविसंघको अध्यक्ष बन्नका लागि विभिन्न नेताहरुको लविङ्ग शुरु भएको छ । पार्टीभित्र ३२ वर्ष मुनिकालाई नेविसंघको जिम्मा लगाउने चर्चा चल्न थालेको छ ।
३२ वर्ष उमेर हद पनि कहिलेसम्मकालाई मान्ने भन्ने विषयमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र कुरा गर्दा नैनसिंह महरले राजीनामा दिएका दिनसम्म ३२ नपुगेकालाई मान्ने तयारी भएको बताए । उनले भने अबको नेविसंघको अध्यक्ष भनेको निर्वाचन गराउनका लागि ल्याईने हो । सबै पदाधिकारी मनोनित गर्ने हो कि अध्यक्ष मात्रै भन्ने प्रश्नमा उनले पहिला अध्यक्ष मनोनित गरौ अनि मात्र अन्य पदका लागि पार्टीभित्र छलफल गरे टुङ्गाउने बताए ।
नेविसंघको अध्यक्ष आफ्नो प्यानलाई दिएर स्थानीय निर्वाचन जिताउन सहयोग गर्ने योजनाले नयाँ अध्यक्ष ल्याउन लागिएको हो भन्ने प्रश्नमा प्रवक्ता मतहले त्यो होइन निवर्तमान अध्यक्ष राजीव ढुंगाना पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अर्को अध्यक्ष ल्याउने विधामा नै व्यवस्था भएकाले यो गरिएको बताए ।
नेविसंघको अधिवेशन गराउने जिम्मेवारी कसलाई दिने भन्ने बहस सुरु भईरहेको छ । विधानमा ३२ वर्षको उमेर हद लग्नासाथ नेविसंघ नेता ताराप्रसाद तिमिल्सिना पनि अध्यक्षका लागि दौडमा छन ।
तिमिल्सिनाको पक्षमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा सकारात्मक देखिएको बुझिएको छ । नेता तिमिल्सिना लामो समय संगठनमा लागि परेका कर्तव्यनिष्ठा नेताका रूपमा चिनिने गरेका छन् ।
अमृत साइन्स क्याम्पस र नेविसंघ कास्कीको कार्यसमिति रहेर लामो समय काम गरेका तिमिल्सिना नैनसिंह महरले राजीनामा दिँदा नेविसंघका सहमहामन्त्री थिए ।
०६२/६३ को जनआन्दोलनदेखि सक्रिय विद्यार्थी राजनीतिमा लागेका तिमिल्सिना गेरुवा-४ बर्दियामा जन्मिएका हुन ।
स्कुले जीवनदेखि नै उनले नेविसंघको सक्रिय राजनीति गर्दै आएका थिए । पार्टीको १४औं महाधिवेशनलाई सफल पार्न सक्रिय भूमिका निभाएका थिए ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १२:२८




















