एमसीसीको विषयमा निर्णयक छलफल गर्दै सत्ता गठबन्धनका नेताहरु, के आउला निष्कर्ष ?
वि.सं.२०७८ फागुन ५ बिहीवार ०९:२८
2.2K
shares
काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहका पाँच पार्टीका नेताहरुको निर्णयक छलफल हुने भएको छ ।
आज दिउसो ३ बजे बस्ने बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा एमसीसी अघि बढ्ने नबढ्ने वा कसरी अघि बढ्छ भन्ने अन्तिम टुङ्गो लगाउने बताइएको छ ।
हिजो (बुधबार) प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि आजको बैठक तय भएको हो ।
हिजोको प्रतिनिधिसभाको वैठकमै एमसीसी टेबल गर्ने चर्चा थियो । तर कार्यसूचीमा परेन ।
हिजोको संसद् बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार (भोलि)को संसद् बैठकमा एमसीसी टेबल गर्ने बताएका छन् ।
यता एमसीसीकै विषयलाई लिएर गबन्धनभित्रै किचलो भएको छ । प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि अगाडी बढाउने पक्षमा देखिएका छन् ।
तर उनकै सत्तासाझेदार दल नकेपा माओवादी , एकीकृत नेकपा समाजवादी यसको विपक्षमा उभिएको छ । यही विषयलाई लिएर राष्ट्रिय जनमोर्चा त पहिले नै सडकमा आईसकेको छ ।
उता संघीय समाजवादीभित्र पनि मतभिन्नता रहेको छ ।
यस्तो अवस्थामा आजको बैठक नै महत्वपूर्ण हुने देखिन्छ । माओवादीले एमसीसी अगाडी बढाए सरकारबाट बाहिरने चेतावनी समेत प्रधानमन्त्रीलाई दिसकेको छ ।
यो अवस्था आए सरकार नै ढल्ने अवस्था समेत आउन सक्ने देखिन्छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार ०९:२८




















