YouTube Link

पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन पुरुष एकलको क्वाटरफाईनल समिकरण पुरा

Facebook Link

 

काठमाडौं: ११औं पुष्पलाल स्मृती रयाङकीङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (उच्च १६ शिर्ष स्थानका) को क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

 

पुरुष एकलको क्वाटरफाईनलमा समूह ‘ए’ बाट एपीएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह ‘बी’ बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्य, समूह सी बाट एपिएफका बिजित थापा मगर र धातुका सुदीप सेढाई, तथा समूह डी बाट रिभाईभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले स्थान बनाएका छन् ।

 

आज भएको लिगको अन्तिम खेलको समूह ‘ए’ मा प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१–१७, २१–६ ले पराजित गरे । उनले समग्रमा २ जित १ हारका साथ समूहमा उपबिजेता बन्दै क्वाटरमा स्थान बनाए ।

 

अब क्वाटरफाईनलमा प्रफुलले समूह ‘सी’ का बिजेता बिजित थापा मगरसँगको प्रतिस्पर्धा पक्का गरे । दोश्रो खेलमा दिपेश धामीले पुलिसका सुनिल जोशी माथि जित निकाले । उनले जोशीलाई २१–१२, २१–१४ पराजित गरे ।

 

दिपेश तीनै खेलमा जित निकाल्दै समूहमा पहिलो हुँदै क्वाटरफाईनल प्रवेश गर्न सफल भए । अव क्वाटरमा दिपेशले समूह सीका उपबिजेता सुदीप सेढाई संग प्रतिस्पर्धा गर्ने छन् ।

 

समूह ‘बी’ को खेलमा सेनाका नविन श्रेष्ठले एपिएफका देवराज रानालाई २१–९, २१–११ ले पराजित गरे । उनले समूहमा सवै जित निकाल्दै बिजेतको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

 

अब नविनले क्वाटरमा समूह डीका उपबिजेता सेनाका रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् । समूह ‘सी’ को अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका साजन कृष्ण ताम्राकारलाई २०–२२, २१–८, २१–१३ ले पराजित गरे । आचार्य २ जित र एक हारका साथ समूह उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरे ।

 

अब उनको प्रतिस्पर्धा समूह ‘डी’ का बिजेता प्रिन्स दाहालसँग हुने छ ।

 

समूह ‘सी’ को खेलमा पुलिसका दीपक बोहराले एपिएफका बिजित थापा मगरलाई २४–२२, २१–१५ ले पराजित गरे । यस्तै धातुका सुदीप सेढाईले बाँकेका बिलाल वारिसलाई २१–६, २१–७ ले पराजित गरे ।

 

यस समूहमा बिजित, सुदीप र दीपकले प्रत्येकले २ जित १ हार बेहोरे । अंकका आधारमा बिजित समूह बिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरे । सुदीप र दीपकको अंक पनि बराबर रहेता पनि हेड टु हेडका आधारमा सुदीप सेढाईले क्वाटरफाईनलमा स्थान बनाए ।

 

समूह ‘डी’को अन्तिम लिग खेलमा रिभाईभका प्रिन्स दाहालले सेनाका रुकेश महर्जनलाई २१–१२, २१–८ पराजित गर्दै आफ्ना तीनै खेलमा जित निकाल्दै समूह बिजेताको रुपमा क्वाटरमा स्थान पक्का गरे ।

 

आजको खेलमा पराजित भएता पनि रुकेश २ जितका साथ उपबिजेतका रुपमा क्वाटरफाईनल प्रवेश गरे । अर्को खेलमा एपिएफका निरञ्जन देवकोटाले पुलिसक बिष्णु कटुवाललाई २१–१०, २१–१७ ले पराजित गरे । आज जित हात पारेता पनि निरञ्जनले १ जित मात्रका कारण क्वाटरफाईनलमा स्थान बनाउन असफल भए । बिष्णुले भने सवै खेल गुमाए ।

 

महिला एकल तर्फ क्वाटरफाईनमा नम्बर एक खेलाडी भोजपुरकी नङ्गशल तामाङ्गले १०औं संस्करणकी बिजेता एपिएफकी जेशिका गुरुङ्गसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

 

यस्तै सेनाकी अनुमाया राईले सेनाकै प्राथना देउवासंग प्रतिस्पर्धा गर्ने छिन् । राष्ट्रिय च्याम्पियन तथा बिश्व जुनियर युगल बरियतामा ७ औं स्थानमा रहेकी रशिला महर्जनले एपिएफकी सुनैना मुखियाको सामना गर्ने छिन् । अर्को प्रतिस्पर्धामा सेनाकी अमिता गिरीले पुलिसकी निता लम्सालको सामना गर्नेछिन् ।

 

पुरुष एकल (१६औं बरियता बाहेक)को राउण्ड अफ ६४ को प्रतिस्पर्धामा पुलिसका पूर्ण बहादुर थापाले खोटाङ्गका राकेश राईबाट वाकओभर प्राप्त गरे । यस्तै चितवनका टेकप्रसाद पौडेलले कञ्चनपुरका अशोक सिंह धामीलाई २१–१५, २१–११ले पराजित गरे । यस्तै सेनाका दिवस शंकरले लोकान्तर डट कमका प्रमोद श्रेष्ठबाट वाकओभर प्राप्त गरे ।

 

नखिपोटका मिलन राईले १६ फिदरका प्रारम्भ सिमखडालाई २१–१९, २१–१५ ले पराजित गरे । अन्तिम ३२ मा प्रवेश गर्ने प्रतिस्पर्धामा सेनाका बिवेक चौधरीले कपिलबस्तुका रोहित बराललाई १६–२१, २१–७, २१–१२ ले पराजित गरे ।

 

यसैगरी हुम्लाका दशरथ बुढाले रिभाईभका समर रानालाई २३–२१, २१–१७ ले, ललितपुरका निखिल भट्टले कैलालीका चन्द्रिका कठरियालाई १६–२१, २१–१४, २१–१३ले, सुर्खेतका अनिल मल्लले पाल्पाका सुरोज तिमल्सिनालाई २१–१७, २१–१७, साईनोका राजु थापाले सिल्क ग्रुपका नरेन्द्र बम ठकुरीलाई २१–१५, २१–१५ ले, पाल्पाका ज्ञान बहादुर रानाले नखिपोटका विजय मगरलाई २१–९, २१–२३, २१–११ले, एपिएफका एशिया जवेगुले एनजेसी डल्लुका अरब तुलाधरलाई २१–१३, २१–७ले, सेनाका पविन लिनथेपले पाँचथरका रोहिन तामाङ्गलाई २१–४, २१–८ले, सेनाका आयुश्मान नागरीले ललितपुरका राजेन्द्र महर्जनलाई २१–९, २१–११ ले, कैलालीका योगेश खड्काले बिराटनगर ब्याडमिन्टन क्लबका क्षितिज भुजेललाई २१–११, २१–१० ले, कास्कीका भुगोल गुरुङ्गले मोरङ्गका महेश खड्कालाई २१–५, २१–१५ ले, १६ फिदरका अमन महर्जनले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–११, २१–११ले तथा एपिएफका नविन सिलवालले नखिपोटका सुजन राईलाई २१–११, २१–१७ ले पराजित गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...