आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी
वि.सं.२०७८ फागुन ४ बुधवार ०७:४२
2K
shares
काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बैठक दिउँसो १ बजे बस्दै छ ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान ११:३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।
संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुन सक्ने बताइएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको स्रोतको दाबी छ ।
तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।
वि.सं.२०७८ फागुन ४ बुधवार ०७:४२




















