‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदै
वि.सं.२०७८ फागुन ४ बुधवार ०७:१५
2.6K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।
लिगको ११औं चरण अन्तर्गत आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ ।
सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
आज सातदोबाटोलाई हराएर मछिन्द्रले उपाधि उचाल्न चाहन्छ ।
यसैबीच एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ भने हिमालयन १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यस्तै रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ यी दुईबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ भने थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा छ ।
वि.सं.२०७८ फागुन ४ बुधवार ०७:१५




















