सभामुख सापकोटाबिरुद्ध यसरी जाई लाग्दै एमाले
वि.सं.२०७८ माघ २५ मंगलवार १७:३३
2.7K
shares
काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध महाअभियोग लगाउने आन्तरिक तयारी गरिरहेको रहस्य बाहिर आएको छ ।
नेकपा एमालेका पोटिब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले सभामुख सापकोटालाई महाअभियोग लगाउने तयारी भईरहेको बताएपछि उक्त रहस्य बाहिर आएको हो ।
आज काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले सभामुखमाथि महाअभियोग लगाउनुपर्ने परिस्थिति सिर्जना भएको जिकिर गरेका हुन ।
महाअभियोग कांग्रेसले पनि चाहेको र सदनलाई सूचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङका रुपमा प्रयोग गर्ने गरी परिस्थिति बनेको उनको दाबी छ ।
तथापी एमालेले यस विषयमा ठोस निर्णय नगरिसकेको तर महाअभियोग लगाउनका लागि हस्ताक्षर अभियान शुरु भए सयजना सांसदहरु तयार रहेको बताए ।
बस्नेतले सभामुख सामू तीन विकल्प रहेको तर्क गरेका छन् । ‘पहिलो विकल्प भनेको हामीले कारबाही गरेका सांसदहरुको कारबाही पत्र सदर गर्ने, अनि दोस्रो विकल्प भनेको आफ्नो पदबाट राजीनामा दिएर परिस्थिति सहजीकरण गर्ने र तेस्रो विकल्प भनेको अदालतले छिटो फैसला गर्ने हो ।
यो भन्दा फरक विषय एमालेले अहिले सोचेको छैन । यी तीन कुरा नभएसम्म संसदमा एमालेको अवरोध कायमै रहन्छ, उनले भने ।
त्यस्तै उनले आगामी वैशाख ३० गते हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने पनि बताए ।
वि.सं.२०७८ माघ २५ मंगलवार १७:३३



















