नेपालमा पछिल्लो २४ घण्टामा १९५७ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु
वि.सं.२०७८ माघ २५ मंगलवार १६:५७
2K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १२ हजार ६ सय ९२ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ८ हजार ५ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८४ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै ४ हजार १ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ७३ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ११ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ पुगेको छ ।
वि.सं.२०७८ माघ २५ मंगलवार १६:५७



















