YouTube Link

इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशको विजयी सुरुवात

Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । आईतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।

लण्डनको केनिङटन ओभलमा बंगलादेशले दिएको ३ सय ३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जेपी डुमिनी र एडिन मक्रामले समान ४५/४५ रन जोड्दा भान डेर डुसेनले ४१ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साईफुदीनले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय ३० रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा हसनले ७५ रन जोडे । यस्तै महमदउल्लाहले अविजित ४६ र सौम्य सरकारले ४२ रन जोडे । मोसाडेक होसेनले २६ रन जोड्दा मोहमद मिथुनले २१ रन बनाए । जितसंगै बंगलादेशले पहिलो खेलमै २ अंक जोडेर शानदार सुरुवात गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...