Texas College
YouTube Link

बिहीबारदेखि आइतबारसम्म असिना सहित वर्षा हुनसक्ने सम्भावना

Facebook Link

 

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि आइतबारसम्म असिना सहित वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

 

पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भुभागमा बदली, हिमपात र असिना चट्याङसहितको वर्षा हुने सम्भावना रहेको  महाशाखाले जनाएको हो ।

 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ ।

 

आज दिनभर हल्का घाम लागे पनि रातीबाट प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

यी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशमा मौसम आंशिक बदली रहनेछ ।

 

बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

 

यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

यस्तो छ तीन दिनको मौसम

बिहिबारः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहनेछ ।

 

पहाडी भु-भाग तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

शुक्रबारः देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

शनिबारः दिउँसोदेखि भने सुदूरपश्चिमबाट आकाश खुल्नका साथै मौसममा सुधार आउनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...