निर्वाचन आयोगले बुझायो मिति तोक्न स्थानीय चुनावबारे प्रस्ताव
वि.सं.२०७८ माघ १९ बुधवार ०९:४६
1.9K
shares
काठमाडौं: निर्वाचन आयोगले मंगलबार स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगले जेठ ४ गते एकै दिन निर्वाचन गर्ने सहितको ६ पृष्ठ लामो प्रस्ताव पेस गरेको हो ।
२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवं कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ ।
हेर्नुहोस् पूर्णपाठः-
वि.सं.२०७८ माघ १९ बुधवार ०९:४६




















