नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबीचको खेल ४:४५ बजे सुरु हुने
वि.सं.२०७८ माघ १८ मंगलवार ०८:२६
2.8K
shares
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
पहिलो जित हात पारेको घरेलु टोली नेपालले आज उच्च मनोबलका साथ मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ ।
शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
नेपालको जितमा विमल घर्तिमगरले एक मात्र निर्णायक गोल गरेका थिए ।
यता, मरिससले पनि दोस्रो खेलमा जित आफ्नो पक्षमा निकाल्न चाहन्छ ।
नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजना सहित मैदानमा उत्रनेछ ।
मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।
प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।
किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।
नेपाली फुटबल टोली:
किरण लिम्बु (कप्तान), विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ रहेका छन् ।
वि.सं.२०७८ माघ १८ मंगलवार ०८:२६



















