YouTube Link

एनसेलको फोरजी अब देशको एक हजार बढी स्थानमा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: एनसेलले नवीन प्रविधि भित्र्याइ त्यसको लाभ ग्राहकलाई प्रदान गर्ने प्रतिवद्धताबमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी लङ टर्म इभोलुसन (एलटीई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानमा फोरजी सेवा पुर्‍याएको छ ।

एनसेलले आइतबार फोरजी सेवा देशका सातै प्रदेशका एक हजारभन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीको पहुँचमा पुगेको घोषणा गरेको छ । अब प्रायः सबै सहर र सहरी क्षेत्रभन्दा बाहिर रहेका ग्राहकले पनि द्रूत गतिको मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरबाट फाइदा लिन सक्नेछन् ।

‘हाम्रा प्रिय ग्राहकलाई द्रूत गतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न, सहरी क्षेत्रभन्दा बाहिरका स्थानसमेत समेट्दै सफलतापूर्वक फोरजी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रूपमा विस्तार गर्ने कार्य भइरहेको घोषणा गर्न पाउँदा निकै हर्षित छौं’, एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

एनसेलको फोरजी नेटवर्कले सरकारद्वारा बजेटमा घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने कुरामा विश्वस्त रहेको उनको भनाइ छ। यो ब्रोडब्यान्ड पूर्वाधार तथा उच्च गतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडब्यान्ड नीतिअनुरूप रहेको उनले जानकारी दिए ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्ट पेड ग्राहकले दू्रत गतिको मोबाइल ब्रोडब्यान्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन् । दुई वर्षअघि एनसेलले फोरजी सेवा काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा सुरु गरेको थियो । यो सेवा अब विराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलंगवा र धनकुटालगायत एक हजारभन्दा बढी स्थानमा उपलब्ध छ । सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेक ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई एक रुपैयाँ तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...