YouTube Link

आर्थिक वर्ष बजेटको अनुसुचि १ मा प्रस्तुत आय व्यय विवरणमा अङ्क गणितिय त्रुटी फेला

World Cup 2026
Facebook Link

काठमाडौं: आर्थिक वर्ष २०७६/७७ को बजेटको अनुसुचि १ मा प्रस्तुत आय व्यय विवरणमा अङ्क गणितिय त्रुटी फेला परेको छ । उक्त अनुसुचीमा चालु आर्थिक वर्षको संसोधित अनुमान अनुसार चालुतर्फ ७५३ अर्व, पुँजीगत तर्फ २७३ अर्व र वित्तिय व्यवस्थातर्फ १५३ अर्व गरी कुल १२ खर्व ८ अर्व खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै सरकारले यो आर्थिक वर्ष ८६० अर्व राजस्व संकलनको लक्ष्य राखेकोमा स्थानिय तहलाई दिनुपर्ने १०२ अर्व राजस्वलाई कुल राजश्वबाट घटाउनुपर्नेमा जोडेर गल्ती गर्दा ९६२ अर्व राजस्व लक्ष्य देखाएको छ । तर स्थानीय तहको राजस्वको अंश १०२ अर्व घटाउँदा ७५८ अर्व राजश्व मात्रै संघले खर्च गर्न पाउँछ ।

सरकारले संकलनको लक्ष्य राखेको ७५८ अर्व राजस्व, ४६ अर्व बैदेशिक अनुदान, २१० अर्व वैदेशिक ऋण र १७२ अर्व आन्तरिक ऋण जोड्दा कुल ११ खर्व ८६ अर्व हुन आउँछ । बजेटको स्रोत र खर्चवीचको अन्तर शुन्य हुनुपर्नेमा खर्च २२ अर्ब वढी देखिन्छ । यसबाट अर्थमन्त्री युवराज खतिवडाले २२ अर्व आन्तरिक ऋणको सिमा नाघेर उठाउने तयारी गरेको प्रस्ट हुन्छ । अनुसुचि १ को अंकगणितिय त्रुटी र संसदले तोकेको १७२ अर्बको सिमा उल्लंघन गर्दै १९४ अर्व आन्तरिक ऋण उठाउन लागेकोप्रति आइतवार प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले अर्थमन्त्रीको जवाफ मागे ।

रिजालले राखेको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री खतिवडाले मेसिनले जोड्नुपर्ने तथ्याङ्क हातले जोड्दा गल्ति भएको स्वीकार गर्दै त्यसलाई सच्याइ सकिएको बताए । संसदलाई झुक्याएर लक्ष्यभन्दा बढी आन्तरिक ऋण नउठाउन सांसद रिजालले चेतावनी दिएपछि अर्थमन्त्री खतिडाले भने आन्तरिक ऋण सिमा भन्दा माथि गएर नउठाइने प्रतिवद्धता दोहोर्‍याए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...