सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो, बैठक पुनः अपराह्न ४ बजे फेरि बस्ने
वि.सं.२०७८ माघ १५ शनिवार १४:५८
2.4K
shares
काठमाडौं: स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित रहेर बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठक पुनः अपराह्न ४ बजे फेरि बस्ने बताईएको छ ।
निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटक-पटक ताकेता गर्दा पनि सत्ता गठबन्धन सहमति जुट्न सकेका छैनन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।
वि.सं.२०७८ माघ १५ शनिवार १४:५८



















