YouTube Link

एनआरएनएका लागि नेपाल बैंकले ल्यायो आकर्षक निक्षेप खाता

Facebook Link

 

 

काठमाडौं: नेपाल बैंकले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधा सहितका एनआरएन निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ ।

 

विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् ।

 

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरमा बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम ब्याज दिइने बैंकले जनाएको छ ।

 

अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा वार्षिक ब्याजदर क्रमश ४ दशमलव ५ प्रतिशत र ५ प्रतिशत दिइने छ ।

 

अन्य विदेशी मुद्राको निक्षेपमा पनि आकर्षक ब्याजदर दिने व्यवस्था गरिएको छ ।

 

बचत तथा मुद्दती खातामा न्युनतम मौज्दात अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ ।

 

एनआरएन खाता गैर–आवासीय नेपालीहरुले एकल तथा संयुक्त रुपमा तथा गैर आवासीय नेपालीबाट प्रवर्धित विदेशस्थित संस्थाको नाममा पनि खोल्न सकिने छ ।

 

यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ ।

 

साथै, बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने छ भने मुद्दती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढी अवधिको लागि खोल्न सकिनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...