जापानको समुद्रमा उत्तर कोरियाले गर्यो अज्ञात क्षेप्यास्त्र प्रहार
वि.सं.२०७८ माघ १३ बिहीवार १३:३९
1.9K
shares
एजेन्सीः उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ ।
यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैठौं मिसाइल परीक्षण हो ।
चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रिया स्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा अमेरिकको प्रयासलाई रोकेका छन् ।
यो कदम उत्तर कोरिया सम्बन्धी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बन्दसत्र बैठकअघि आएको हो ।
यो हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा यो दोस्रोपटक यस्तो बैठक हुन लागेको अलजजिराले जनाएको छ ।
उत्तर कोरियाले सोमबार दुईवटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ । जसले ‘कोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको’ जनाइएको छ ।
वि.सं.२०७८ माघ १३ बिहीवार १३:३९




















