YouTube Link

स्थानीय तहको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा खटपट सुरु

गठबन्धनमा आवद्ध नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले भने बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नहुने अडान

Facebook Link

 

 

काठमाडौं: स्थानीय तहको निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।

 

कांग्रेसभित्रबाट स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने आवाज उठेको छ । सभापतिमा पराजित डा. शेखर कोइराला समूहले बैशाखमै निर्वाचन गर्नुपर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धनलाई धरासायीमा पर्न नहुने आवाज उठाईरहेको छ ।

 

कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा मान्य नहुने चेतावनी दिएका छन् ।

 

तर, गठबन्धनमा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नहुने अडान लिएका छन् ।

 

खासगरी माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन आगामी मंसिरमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री देउवा पनि सकारात्मक बनेको चर्चा छ ।

 

उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि स्थानीय तहको निर्वाचनभन्दा अघि प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने पक्षमा खुल्न थालेको कुरा बाहिर आएका छन् ।

 

प्रधानमन्त्री देउवाले यो बीचमा कानूनविद्हरुसँग पनि परामर्श गरिसकेका छन् ।

 

उता, निर्वाचन आयोगले भने तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको छ ।

 

प्रधानमन्त्री देउवा पनि स्थानीय तहको निर्वाचनको मिति तोक्नेगरि अघि बढेका छन् ।

 

तर, गठबन्धनमा आवद्ध दलका नेताहरु प्रचण्ड र माधव नेपालले भने स्थानीय तहको निर्वाचनको मिति तोकिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

 

सर्वोच्च अदालतको परमादेशपछि गठन भएको यो सरकार संसद्को पूरा कार्यकाल चल्नुपर्ने आवाज पनि उठेको छ ।

 

प्रधानमन्त्री देउवा भने पार्टी र गठबन्धनका नेताहरुको छुट्टाछुट्टै दबाबमा परेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...