YouTube Link

प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपिएफले जित्यो

Facebook Link

 

 

काठमाडौं: नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

 

टियु क्रिकेट मैदानमा उपाधिका लागि आज भएको फाइनलमा १५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो ।

 

पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिएपनि उपाधि जिताउन सकेनन् ।

 

यस्तै दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए ।

 

अनिल शाह १० रन आउट हुँदा अमित श्रेष्ठ ३ रनमा आउट भए ।

 

राशिद खानले ४ रन जोडे भने पवन सर्राफ सुन्य रनमा आउट भए ।

 

गुलशन झा ५ रनमा अविजित रहदा योगेन्द्र सिंह कार्की १ रन अविजित रहे ।

 

एपीएफका किशोर महतोले ३ विकेट लिए ।

 

अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले १/१ विकेट लिए ।

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो ।

 

एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए ।

 

उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

 

यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए ।

 

कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए ।

 

भुवन कार्कीले १७ रन जोडे भने आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए ।

 

किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे ।

 

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३/३ विकेट लिए ।

 

गुलशन झाले २ विकेट लिए भने आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए ।

 

विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे ।

 

विजेता एपिएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्नेछन् ।

 

पुष २६ देखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीको सहभागीता थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...