स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले चुम्यो
वि.सं.२०७८ माघ ३ सोमवार ०७:५५
1.9K
shares
एजेन्सीः स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।
आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–० गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो ।
रियलको जितमा लुका मड्रिच र करिम बेन्जिमाले १–१ गोल गरे ।
रियादस्थि किङ फाहद अन्तर्राष्ट्रिय रंगशालामा खेलको ३८औँ मिनेटमा रोड्रिगोको पासमा मड्रिचले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा रियलले १–० को अग्रता बनायो ।
खेलको दोस्रो हाफको ५२औँ मिनेटमा रियलका लागि बेन्जिमाले पेनाल्टीमार्फत् दोस्रो गोल गरे ।
८७ औँ मिनेटमा एडर मिलिटाओ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित रियलले १२औँ सुपर कपको उपाधि उचालेको हो ।
वि.सं.२०७८ माघ ३ सोमवार ०७:५५




















