Rajshow Bivag

कृषि विकास बैंकमा गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको खाता सुविधा

Departmant of helth services

 

काठमाडौं: कृषि विकास बैंकले ५५औं वार्षिक उत्सवका अवसरमा गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको वचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गरेको छ ।

 

अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवात पश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् ।

 

यसबाट विदेशमा रहेका गैरआवासीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेको विदेशी नागरीकले आफ्नै घर कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

 

बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एवं खाता खोल्नको लागि बैंकको वेभसाईट तथा onlineaccount.adb.logov.np मा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का.मु. विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले वताइन ।

 

सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धि वित्तीय वजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ ।

 

यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ । विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विफ्ट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

 

विदेशी मुद्राको खातामा प्रदान गरीने व्याजमा समेत यो बैंक अन्य बैंक भन्दा अगाडी रहेको छ । हालका लागि विदेशी मुद्राको मुद्धती खातामा ५.५ प्रतिशत र वचत खातामा ४.७५ प्रतिशत व्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको व्याजदर सम्वन्धि सुचनामा उल्लेख गरेको छ ।

 

यस अघि रेमिटान्स वचत खाता र रेमिटान्स मुद्धती खाता समेत सुरु गरी सेकेको र रेमिटान्स वचत खातामा ७.१० तथा रेमिटान्स मुद्धती खातामा ११.०५ प्रतिशत व्याज प्रदान गरिरहेको बैंकले जनाएको छ ।

 

यसका साथै विदेशमा रहेका नेपालीले रेमिटान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाईनका माध्यमबाट नेपाली मुद्रामा वचत तथा मुद्धती खाता खोल्न सकिनेछ ।

 

कृषि विकास बैंक लिमिटेडका सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ ।

 

वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हाले देखिनै बैंकले प्रविधिमा आधारीत सेवा प्रवाहमा जोड दिएको छ ।

 

अनलाईनका माध्यमबाट समेत खोल्न सकिने उक्त खाताहरु सुरुवात भएपश्चात देशमा विदेशी मुद्राको संचित वृद्धि हुने तथा बैंकको निक्षेपमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।

 

बैंकका सवै जसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन बैंक सधै दत्तचित रहेको हाल बैंकर्स एसोसियसन समेतको नेतृत्व सम्हालेका बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले वताए ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...