YouTube Link

‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइजमाथि मछिन्द्रको सहज जित

Facebook Link

 

 

काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ४-० गोल अन्तरले सहज जित निकालेको छ ।

 

मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगरले दुई गोल गरे ।

 

यस्तै रेजिन सुब्बा र अविशेक रिजालले एक एक गोल गरे ।

 

ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो ।

 

खेलको ५६औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाए  ।

 

ब्रिगेडका गोलकिपर सिंहले नियन्त्रणमा लिन नसकेको बल खोस्दै छिरिङ गुरुङले गरेको क्रसमा रेजिन सुब्बाले उपलब्ध गराएको बलमा विमलले हेड मार्फत गोल गरे ।

 

खेलको ६२औं मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए ।

 

यसैगरी विमलले ६६औं मिनेटमा ह्याट्रिकको मौका गुमाए ।

 

कप्तान सुजलको क्रसमा विमलले सिक्स यार्ड बक्स भित्रबाट प्रहार गरेको बल ब्रिगेडका गोलकिपर सिंहले मुश्किलले बचाए ।

 

खेलको ८४ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । विमलको पासमा उनले सहजै गोल गरे ।

 

जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ ।

 

मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ ।

 

मछिन्द्रले उपाधि होड समेत बलियो बनाएको छ ।

 

दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ ।

 

ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

खेलमा मछिन्द्रका विमल म्यान अफ दि म्याच चुनिए ।

 

ब्रिगेडका रन्दिप पौडेल इमर्जिङ प्लेयर चुनिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...