आर्मीलाई सोझो सेटमा हराउँदै एपिएफ बन्यो च्याम्पियन
वि.सं.२०७८ माघ १ शनिवार १५:५७
1.6K
shares
काठमाडौं: दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लबले जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपिएफले आर्मीलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
एक पक्षीय खेलमा एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा हराउन सफल भयो ।
यससँगै एपिएफले लिग चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ ।
एपिएफले लिग चरणमा ३–१ को सेटमा पराजित भएको थियो । एपिएफले फाइनलमा आर्मीलाई कुनैपनि समय खुलेर खेल्नै दिएन ।
उपाधिसँगै एपिएफले ३ लाख रुपैया हात पारेको छ ।
दोस्रो भएको आर्मीले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।
तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्सले ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार रुपैया हात पारेको छ ।
वि.सं.२०७८ माघ १ शनिवार १५:५७



















