YouTube Link

‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्सलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो

Facebook Link

 

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक-एक गोल गरे भने फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

 

खेलको ११औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

यस्तै खेलको ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-० गोलको अग्रता दिलाए ।

 

जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे ।

 

खेलको दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले एक गोल फर्कायो ।

 

आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

 

आर्मीका डिफेन्डर युद्द शाहीको ब्याक पासमा फ्रेन्ड्सका कप्तान प्रिजेनले उपलब्ध गराएको बलमा एन्थोनीले सहजै गोल गरे ।

 

खेलको ७१औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता दिलाए ।

 

जगजितको कर्नरमा अनमार्क रहेका सुमनले हेड मार्फत गोल गरे ।

 

खेलको ७८औं मिनेटमा फ्रेन्ड्सका सुरज बिकको हेडर आर्मीका गोलकिपर विकेशले उत्कृष्ट बचाउ गरे ।

 

त्यसपछि थप गोल भएन र आर्मीले सहज जित निकाल्यो ।

 

जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

 

आर्मीले ९ खेलमा १७ अंक जोडेको छ ।

 

फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ ।

 

हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...