YouTube Link

राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न

Facebook Link

 

काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद तीन र बोनस सेयर ३० प्रतिशत) सहित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

 

चुक्ता पुँजीको तीन प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

 

लाभांश वितरणपछि बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।

 

साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

 

साधारणसभा अध्यक्षता गरेका बैंक सञ्चालक समिति अध्यक्ष डा.बलराम पाठकले कोभिड–१९ पछि अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

 

उनले बदलिँदो परिवेश र ग्राहकको चाहना अनुरूप बैंकले आफ्ना सेवा–सुविधाहरूमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरू प्रदान गर्नेगरी सञ्चालक समितिले नीतिगत निर्णयहरू लिइरहेको र आगामी दिनमा समेत यसतर्फ निरन्तर कटिबद्ध रहिरहने उल्लेख गरे ।

 

साधारण सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिञ्चाई मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण सेयरधनीहरूको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

 

अध्यक्ष डा. पाठकद्वारा प्रस्तुत प्रतिवेदन माथि सेयरधनीहरू डमरुवल्लभ घिमिरे, रामगोपाल श्रेष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्दै बैंक सुधारको निमित्त विभिन्न सुझाव सहितको धारणा राखेका थिए ।

 

वाणिज्य बैंकले ७७ जिल्लामा २ सय ५७ वटा शाखा कार्यालय, २ सय ४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...