टाइगर कप भलिबल च्याम्पियनसिपमा आयोजक टाइगरमाथि आर्मीको जित
वि.सं.२०७८ पुस २९ बिहीवार २०:५६
2.4K
shares
पोखरा: दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार टाइगर ग्रुप पोखरालाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीले टाइगरलाई २५-२२, २५-१९ र २६-२४ को जित निकालेको हो ।
जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ ।
आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
महिलातर्फ नै न्यु डायमण्ड र नेपाल पुलिसबीचको खेल भने स्थगित भएको छ ।
खराब प्रकाशको कारण चौंथो सेट चलिरहदा खेल स्थगित गरिएको हो ।
जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३-३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५-२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०-१० हजारसहित ट्रफी प्रदान गरिने छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार २०:५६



















