Texas College
YouTube Link

अटोरिक्सा चालक मुख्तार मियाँको हत्या आरोपमा पर्सा प्रहरीद्वारा पाँच जना पक्राउ

Facebook Link

 

 

काठमाडौं: अटोरिक्सा चालकको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

 

भारत बिहार वैशाली ग्रामपञ्चायत घर भई वीरगन्ज-३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको पुस २१ गते हत्या भएको थियो ।

 

उनको शव नारायणी बयोधा अस्पतालको पछाडिपट्टी नहरमा फेला परेको थियो ।

 

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार पूर्वी चम्पारण मोतिहारी-६ घर भई हाल छप्कैया बस्दै आएका अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमारलाई पक्राउ गरेको छ ।

 

यसैगरी, बारा परवानीपुर-५ का २२ वर्षीय निकेश पटेल, बिहार मुंगेर थाना हवेली खठपपुर गाम बैजपुर-३ घर भई छप्कैया बस्दै आएका ५५ वर्षीय सपन मण्डल, बिहार घर भई वीरगञ्ज-२ बस्दै आएका ३५ वर्षीय नाजिर हुसैन र छप्कैयाकै ५० वर्षीय बाबर हुसैन छन् ।

 

बुधबार बेलुका उनीहरूलाई घरबाटै पक्राउ गरेको प्रहरी जनाएको छ । पक्राउ परेकामध्ये नाजिर र बाबर मतियारको रूपमा हत्यामा संलग्न भएको प्रहरीले बताएको छ ।

 

प्रहरीले आरोपितको साथबाट घटनामा प्रयोग भएको फलामको रेञ्च, मास्क, रगत लागेको सर्ट, ज्याकेट, जुत्ता, मृतकको अटो बरामद गरेको छ ।

 

घटनामा संलग्न अर्का एक आरोपी भारतीय नागरिक फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले हत्या आरोपमा पक्राउ परेका सबैलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...