YouTube Link

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न

Facebook Link

 

काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

 

सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।

 

बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ ।

 

साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...