YouTube Link

रामेछापका सबै विद्यालय खुला, जिल्लाका ८ वटै स्थानीय तहहरुमा नियमित रुपमा पठन पाठन

Facebook Link

 

 

रामेछाप: शिक्षा मन्त्रालयले आजबाट देशभरका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको भएपनि रामेछाप जिल्लामा भने कुनैपनि विद्यालयहरु बन्द भएका छैनन् ।

 

जिल्लाका ८ वटै स्थानीय तहहरुमा सञ्चालित सबै विद्यालयहरुमा आजपनि अरु दिन जस्तै नियमित रुपमा पठन पाठन भएको हो ।

 

कोरोना संक्रमणको दर बढेसँगै शिक्षा मन्त्रालयले आजबाट देशभरका सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई रामेछापका सबै विद्यालयहरुले बेवास्ता गरेका छन् ।

 

जिल्लामा सञ्चालित सबै विद्यालयहरु खुला रहेको जिल्ला शिक्षा समन्वय इकाइ रामेछापका प्रमुख भरत भट्टराइले जानकारी दिए ।

 

उनले यस विषयमा स्थानीय सरकारले नै निर्णय गर्ने भएकाले आफुहरुको भुमिका नहुने बताए । सरकारको निर्णय भरखरै प्राप्त भएकाले यस विषयमा बैठक बसेर निर्णय गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए ।

 

रामेछाप जिल्लामा ३ सय ७९ वटा विद्यालयमा करिव ४४ हजार बालबालिकाहरु अध्ययनरत छन् ।

 

आफ्नो गाउँपालिकामा अहिले कुनैपनि विद्यालय बन्द नगरिएको उमाकुण्ड गाउँ पालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

 

गाउँमा संक्रमणको डर नभएकाले आफ्नो गाउँ पालिकाको विद्यालयहरु सबै खुला रहेको खाँडादेवी गाउँ पालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ्गले बताए ।

 

दोरम्बा गाउँपालिकाले भने भोलिदेखि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँ पालिकाका अध्यक्ष कमान सिंह तामाङ्गले बताए ।

 

गोकुलगंगा गाउँपालिकाले तत्काल बैठक बसेर विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषयमा निर्णय गर्ने गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए ।

 

रामेछाप नगरपालिकाले पनि यस विषयमा बैठक बसेर टुंगो लगाउने भएको नगर प्रमुख नरबहादुर मगरले जानकारी दिए ।

 

सुनापति गाउँपालिकाले तत्काल बैठक बसेर शिक्षा मन्त्रालयको निर्देशनका बारेमा छलफल गर्ने गाउँ पालिकाका अध्यक्ष धावा लामाले बताए ।

 

मन्थली नगरपालिकाले भने भौतिक उपस्थितीमा नभइ बैकल्पिक विधिबाट सिकाइको कामलाई निरन्तरता दिनका लागि विद्यालयहरुलाई निर्देशन दिएको नगर प्रमुख रमेश बस्नेतले बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...