Texas College
YouTube Link

‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीमाथि आर्मीको जित, मनाङले च्यासललाई ५-० गोल अन्तरले हरायो

Facebook Link

 

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीलाई त्रिभुवन आर्मीले १–० गोल अन्तरले पराजित गरेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीको तर्फबाट पहिलो हाफमा खेलको १७औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोल नै निर्णायक बन्यो ।

 

जितपछि अपराजित आर्मी ८ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

 

समान १४ अंक रहेपनि आर्मी संकटासँग पछि परेको छ ।

 

लिगमा दोस्रो हार बेहोरेको एनआरटी १० अंकसहित सातौ स्थानमा यथावत रहेको छ ।

 

यसैबीच ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलाई ५-० गोल अन्तरले शानदार जित निकालेको छ ।

 

मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे ।

 

मनाङले पहिलो हाफमै दुई गोल गरेको थियो । तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

खेलको ४३ औं मिनेटमा ओलावालेले गोल गरेपछि मनाङ पहिलो हाफमा २-० ले अघि रह्यो  ।

 

खेलको ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए ।

 

खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ४-० को अग्रता दिलाए ।

 

त्यसको एक मिनेटपछि नै ओलावालेले ह्याट्रिक पूरा गर्दा मनाङ ५-० ले विजयी भयो ।

 

जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।

 

च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३ औं स्थानमा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...