Texas College
YouTube Link

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको ५० लाख प्रकरणमा सौर्य एयरका विराटनगर म्यानेजर पक्राउ

Facebook Link

 

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाउचाउको कार्टुनबाट बरामद गरिएको ५० लाखबारे अनुसन्धानका लागि सौर्य एयरलाइन्सका विराटनगर स्टेसन म्यानेजर पक्राउ परेका छन् ।

 

सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई आज पक्राउ गरी काठमाडौं ल्याउने क्रममा रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

 

करेन्ट चाउचाउको कार्टुनमा हालेर सौर्य एयर मार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको सो रकम रिसिभ गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

प्रहरीका अनुसार पोखरेलको बयानका आधारमा पौडेललाई नियन्त्रणमा लिइएको हो ।

 

करेन्ट चाउचाउको कार्टुनभित्र एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटहरू भेटिएको थियो ।

 

बरामद रकमसहित पोखरेललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...