माओवादीको केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन
वि.सं.२०७८ पुस १८ आइतवार १४:३४
1.6K
shares
काठमाडौं: जारी नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।
यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।
तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् ।
त्यस्तै मतदानको समय भने सोमबार विहान ८ बजेदेखि १:२५ सम्मको समय तोकिएको छ ।
वि.सं.२०७८ पुस १८ आइतवार १४:३४




















