सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मछिन्द्र क्लब र नेपाल पुलिस क्लब भिड्दै
वि.सं.२०७८ पुस १८ आइतवार ०८:००
2K
shares
काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मात्र खेल हुनेछ ।
आज हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुलिस र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार मानिएको र एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ ।
मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एएफसी कप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ ।
पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ मर्स्याङदी क्लब एएफसी कपका लागि छनोट हुनेछ ।
मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
वि.सं.२०७८ पुस १८ आइतवार ०८:००




















