लागूऔषध सम्बन्धी कसूरमा र्यापर ‘लाउरे’ पक्राउ
वि.सं.२०७८ पुस १५ बिहीवार १२:२७
2.3K
shares
काठमाडौं: लागूऔषध सम्बन्धी कसूरमा र्यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।
बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ पुस १५ बिहीवार १२:२७



















