YouTube Link

लेस्टर सिटीमाथि रोमाञ्चक जित निकाल्दै लिभरपुल कारवाओ कपको अन्तिम चारमा प्रवेश

World Cup 2026
Facebook Link

 

एजेन्सी: लिभरपुलले लेस्टर सिटीमाथि रोमाञ्चक जित निकाल्दै इंग्लिस फुटबल लिग कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

लिभरपुलले ट्राइब्रेकरमा ५–४ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

 

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो ।

ट्राइब्रेकरमा लिभरपुलका जेम्स मिल्नर, रोबर्टो फिर्मिनो, एलेक्स अक्सलेड चेम्वरलेन, नावी केइटा र डिएगो जोटाले गोल गरे ।

 

ताकुमी मिनामिनोको पेनाल्टी क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

 

लेस्टरका युरी टिलेमान्स, जेम्स म्याडिसन, मार्क अल्ब्राइटन र केलिची इहानेचोले गोल गर्दा लुकी थोमस र रायन बट्रान्डको प्रहारलाई लिभरपुलका गोलरक्षक काओइहिम केलहरले बचाए ।

 

खेलको ९औं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले अग्रता लिएको थियो । खेलको १९औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

 

खेलको ३३औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई ३–१ ले अघि बढाए ।

 

लिभरपुलका लागि खेलको ६८औं मिनेटमा डिएगो जोटाले ताकुमी मिनामिनोको पासमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

 

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लिभरपुलका ताकुमी मिनामिनोले जेम्स मिल्नरको पासमा गोल गर्दै खेललाई ट्राइब्रेकरमा लम्ब्याए ।

 

यो सँगै कारवाओ कपको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि आर्सनल, चेल्सी र टोटेनहमले अन्तिम चारको यात्रा तय गरिसकेको छ ।

 

अब सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...