YouTube Link

लेस्टर सिटीमाथि रोमाञ्चक जित निकाल्दै लिभरपुल कारवाओ कपको अन्तिम चारमा प्रवेश

Facebook Link

 

एजेन्सी: लिभरपुलले लेस्टर सिटीमाथि रोमाञ्चक जित निकाल्दै इंग्लिस फुटबल लिग कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

लिभरपुलले ट्राइब्रेकरमा ५–४ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

 

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो ।

ट्राइब्रेकरमा लिभरपुलका जेम्स मिल्नर, रोबर्टो फिर्मिनो, एलेक्स अक्सलेड चेम्वरलेन, नावी केइटा र डिएगो जोटाले गोल गरे ।

 

ताकुमी मिनामिनोको पेनाल्टी क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

 

लेस्टरका युरी टिलेमान्स, जेम्स म्याडिसन, मार्क अल्ब्राइटन र केलिची इहानेचोले गोल गर्दा लुकी थोमस र रायन बट्रान्डको प्रहारलाई लिभरपुलका गोलरक्षक काओइहिम केलहरले बचाए ।

 

खेलको ९औं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले अग्रता लिएको थियो । खेलको १९औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

 

खेलको ३३औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई ३–१ ले अघि बढाए ।

 

लिभरपुलका लागि खेलको ६८औं मिनेटमा डिएगो जोटाले ताकुमी मिनामिनोको पासमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

 

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लिभरपुलका ताकुमी मिनामिनोले जेम्स मिल्नरको पासमा गोल गर्दै खेललाई ट्राइब्रेकरमा लम्ब्याए ।

 

यो सँगै कारवाओ कपको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि आर्सनल, चेल्सी र टोटेनहमले अन्तिम चारको यात्रा तय गरिसकेको छ ।

 

अब सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटेनहमबीच प्रतिस्पर्धा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...