YouTube Link

नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकले आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।

 

कुल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस सेयर समेत दिने गरी लाभांश घोषणा गरेका हुन् ।

 

पछिल्लो तथ्यांक अनुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ । नबिलले ३३.६% प्रतिशत बोनस सेयर तथा ४.४% नगद गरी कूल ३८% लाभांश वितरण गर्ने जनाएको छ ।

 

गत आवको वितरणयोग्य नाफाका आधारमा सिभिल बैंकले सबैभन्दा कम ५.२६% लाभांश वितरण गर्ने भएको छ ।

 

बैंकको घोषित लाभांशमध्ये ५% बोनस सेयर र ०.२६% नगद हुने बैंकले जनाएको छ ।

 

त्यस्तै, हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८% बोनस सेयर तथा ४.६२% नगद गरेर २६% लाभांश दिने भएको छ ।

 

धेरै लाभांश दिनेमध्ये कृषि विकास बैंकले २०% बोनस र १.०५२६% नगद गरी २१.०५२६% लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 

सानिमा बैंकले १७% बोनस तथा ०.८९४७% नगदसहित १७.८९४७, नेपाल बैंकले १४% बोनस तथा ३% नगदसहित १७%, प्राइम कमर्सियल बैंकले १६% बोनस तथा ०.६३१३% नगद गरी कुल १६.६३१३% लाभांश दिने घोषणा गरेका छन् ।

 

नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११% बोनस तथा ३.३८९% नगदसहित १६% र सिटिजन्स बैंकले १२.९१३% बोनस तथा ३.०८७% नगद गरेर १६% लाभांश वितरण गर्ने जनाएका छन् ।

 

लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १२.५% बोनस सेयर तथा ३.३% नगदसहित १५.८%, एनआइसी एसिया बैंकले १५% बोनस र ०.७८९५% नगद गरी १५.७८९५, नेपाल बङ्गलादेश बैंकले १२% बोनस र ३.५% नगद, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५% नगदसहित १५%, माच्छापुच्छ्रे बैंकले १३.३ तथा ०.७% नगदसहित १४%, बैंक अफ काठमाण्डूले १०% बोनस र ४% नगद गरी १४%, ग्लोबल आइएमई बैंकले १०% बोनस तथा ३.५% नगदसहित १३.५% र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०% बोनस तथा ३.०६%  नगद गरी १३.०६% लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

 

प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १२% बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३% लाभांश दिने भएको छ ।

 

मेगा बैंकले १०% बोनस तथा २.०७ नगदसहित १२.०७% आफ्ना सेयरधनीलाई दिने भएको छ ।

 

लक्ष्मी बैंकले ८% बोनस तथा ३.५  गरेर ११.५%, एभरेष्ट बैंकले ६% बोनस सेयर र ४.३२% नगद, कुमारी बैंकले ६%  बोनस तथा २.६७% नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी) ले ८% बोनस सेयर र ०.४२% नगद र सनराइज बैंकले ६.६५% बोनस सेयर र ०.३५% नगदसहित ७% लाभांश वितरण गर्ने बताएका छन् ।

 

सेन्चुरी बैंकको लगानीकर्तालाई बैंकले ५.७५% बोनस तथा ०.३% नगद गरी ६.०५% लाभांश दिने घोषणा गरेको छ ।

 

त्यस्तै, नेपाल एसबिआई बैंकले ३.५% बोनस सेयर र १.८१% नगद गरी जम्मा ५.३१छ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

घोषणा भएका लाभांश नियामकको अनुमति र साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् । सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) को दिनसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् ।

 

घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारणसभा सम्पन्न गरी वितरणको निर्णयसमेत पारित गराइसकेको तथा केही चाहिँ साधारणसभाको तयारीमा छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...