YouTube Link

नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकले आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।

 

कुल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस सेयर समेत दिने गरी लाभांश घोषणा गरेका हुन् ।

 

पछिल्लो तथ्यांक अनुसार नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ । नबिलले ३३.६% प्रतिशत बोनस सेयर तथा ४.४% नगद गरी कूल ३८% लाभांश वितरण गर्ने जनाएको छ ।

 

गत आवको वितरणयोग्य नाफाका आधारमा सिभिल बैंकले सबैभन्दा कम ५.२६% लाभांश वितरण गर्ने भएको छ ।

 

बैंकको घोषित लाभांशमध्ये ५% बोनस सेयर र ०.२६% नगद हुने बैंकले जनाएको छ ।

 

त्यस्तै, हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१.३८% बोनस सेयर तथा ४.६२% नगद गरेर २६% लाभांश दिने भएको छ ।

 

धेरै लाभांश दिनेमध्ये कृषि विकास बैंकले २०% बोनस र १.०५२६% नगद गरी २१.०५२६% लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 

सानिमा बैंकले १७% बोनस तथा ०.८९४७% नगदसहित १७.८९४७, नेपाल बैंकले १४% बोनस तथा ३% नगदसहित १७%, प्राइम कमर्सियल बैंकले १६% बोनस तथा ०.६३१३% नगद गरी कुल १६.६३१३% लाभांश दिने घोषणा गरेका छन् ।

 

नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११% बोनस तथा ३.३८९% नगदसहित १६% र सिटिजन्स बैंकले १२.९१३% बोनस तथा ३.०८७% नगद गरेर १६% लाभांश वितरण गर्ने जनाएका छन् ।

 

लाभांश घोषणा गरेको एनएमबी बैंकले आफ्ना सेयरधनीलाई १२.५% बोनस सेयर तथा ३.३% नगदसहित १५.८%, एनआइसी एसिया बैंकले १५% बोनस र ०.७८९५% नगद गरी १५.७८९५, नेपाल बङ्गलादेश बैंकले १२% बोनस र ३.५% नगद, सिद्धार्थ बैंकले १४.२५ बोनस र ०.७५% नगदसहित १५%, माच्छापुच्छ्रे बैंकले १३.३ तथा ०.७% नगदसहित १४%, बैंक अफ काठमाण्डूले १०% बोनस र ४% नगद गरी १४%, ग्लोबल आइएमई बैंकले १०% बोनस तथा ३.५% नगदसहित १३.५% र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०% बोनस तथा ३.०६%  नगद गरी १३.०६% लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

 

प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १२% बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२.६३% लाभांश दिने भएको छ ।

 

मेगा बैंकले १०% बोनस तथा २.०७ नगदसहित १२.०७% आफ्ना सेयरधनीलाई दिने भएको छ ।

 

लक्ष्मी बैंकले ८% बोनस तथा ३.५  गरेर ११.५%, एभरेष्ट बैंकले ६% बोनस सेयर र ४.३२% नगद, कुमारी बैंकले ६%  बोनस तथा २.६७% नगद, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी) ले ८% बोनस सेयर र ०.४२% नगद र सनराइज बैंकले ६.६५% बोनस सेयर र ०.३५% नगदसहित ७% लाभांश वितरण गर्ने बताएका छन् ।

 

सेन्चुरी बैंकको लगानीकर्तालाई बैंकले ५.७५% बोनस तथा ०.३% नगद गरी ६.०५% लाभांश दिने घोषणा गरेको छ ।

 

त्यस्तै, नेपाल एसबिआई बैंकले ३.५% बोनस सेयर र १.८१% नगद गरी जम्मा ५.३१छ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

घोषणा भएका लाभांश नियामकको अनुमति र साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् । सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) को दिनसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन् ।

 

घोषणा भएका लाभांशमध्ये केही बैंकले साधारणसभा सम्पन्न गरी वितरणको निर्णयसमेत पारित गराइसकेको तथा केही चाहिँ साधारणसभाको तयारीमा छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...