सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज पाँचौं चरणका तीन खेल हुँदै
लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुँदै
वि.सं.२०७८ पुस ३ शनिवार ०७:५५
2.1K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज पाँचौं चरणका तीन खेल हुँदैछन् ।
यीमध्ये दुई खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ ।
पहिलो खेलमा दिउँसो १ बजे च्यासल र जावलाखेल क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
च्यासलले अहिलेसम्मका चार खेलमध्ये एक जित र एक बराबरीसहित ४ अंक पाएको छ भने जावलाखेलले एक बराबरीबाट समान खेलमा १ अंक मात्र हात पारेको छ ।
दोस्रो खेलमा पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
तेस्रो खेलमा ४:४५ बजे थ्री स्टार र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ ।
यी दुवै टोलीले यसअघिका चार खेलबाट एक जित र दुई बराबरीसहित ५ अंक हात पारेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मनाङ पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
पुलिस ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
पुलिस आर्मीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
वि.सं.२०७८ पुस ३ शनिवार ०७:५५




















