कांग्रेस १४औं महाधिवेशनमा प्रतिनिधिले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने, महाधिवेशनको लोगो सार्वजनिक गरिंदै
वि.सं.२०७८ मंसिर १६ बिहीवार १२:५१
3.3K
shares
काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रतिनिधिले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने भएको छ ।
एक प्रतिनिधिले २९ मतपत्रमा मत हाल्दा ४५ मिनेटदेखि एक घण्टासम्म लाग्न सक्ने पार्टी केन्द्रीय महाधिवेशन प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।
कागजी मतपत्रमा भोट हाल्दा धेरै समय लाग्ने भएकोले डिजिटल भोटिङको विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । तर, अन्तिम निर्णय भएको छैन ।
काठमाडौंको राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए ।
कांग्रेस महाधिवेशन अन्तर्गत यही मंसिर २७ गतेदेखि उक्त स्थानमा मतदानको तयारी गरिएको हो ।
यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्दैछन् ।
आज लोगो सार्वजनिक भएपनि दुई दिनपछि मात्र होडिङबोर्ड, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचारप्रार गरिने जनाइएको छ ।
महाधिवेशनको नारा पनि तय गरिएको छ । प्रवक्ता शर्माका अनुसार ‘उत्साह, एकता, रूपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ नारा तय गरिएको छ ।
महाधिवेशनका लागि नेपाली कांग्रेसले सातै प्रदेशका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । प्रदेशगत रूपमा सार्वजनिक क्रियाशील सदस्यताको सूचीलाई कांग्रेसले उमेर तथा समावेशिताका आधारमा पनि विश्लेषण गरेको छ ।
प्रदेश, उमेर र समावेशिताका आधारमा यस्तो छ कांग्रेसको क्रियाशील सदस्यता सूची
प्रदेश नम्बर १
१ लाख ७४ हजार ८ सय १३
प्रदेश नम्बर २
१ लाख ९ सय ९९
बागमती प्रदेशमा
१ लाख ८६ हजार ३ सय ३५
गण्डकी प्रदेशमा
१ लाख १८ हजार, १ सय ४५
लुम्बिनी प्रदेशमा
१ लाख ३१ हजार, १ सय १७
कर्णाली प्रदेशमा
५३ हजार ५ सय ९६
सुदूरपश्चिम प्रदेशमा
७५ हजार १ सय १
पुरुष: ६ लाख ४४ हजार ५६५ (७२%)
महिला: १ लाख ९५ हजार ३७२ (२१.९२%)
अन्य: १६९ (०.०१%)
उमेर अनुसार
१६–२५ वर्ष समूह
३८ हजार ९४२ (४.३७%)
२६–४० वर्ष समूह
२ लाख ४३ हजार २८७ (२७.३%)
४१–६० वर्ष समूह
३ लाख २१ हजार १८४ (३६.०४%)
७५ वर्षमाथि
११ हजार ६२३ (१.३%)
समावेशिताका आधारमा
दलित: ४४ हजार १७७ (४.९%)
आदिवासी जनजाति: २ लाख ६ हजार ७३६ (२३.१९%)
मुस्लिम: १६ हजार १४२ (१.८%)
थारु: २७ हजार ३३८ (३.०१%)
मधेसी: ८९ हजार ४३९ (१०%)
खस आर्य: ३ लाख ६७ हजार २७४ (४१.२१%)
पिछडिएको क्षेत्र: १४ हजार ३०६ (१.६%)
अपांगता भएका: १८२ (०.०२%)
अल्पसंख्यक: ६ हजार ६२५ (०.७४%)
वि.सं.२०७८ मंसिर १६ बिहीवार १२:५१



















