Texas College
YouTube Link

नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने

Facebook Link

 

काठमाडौं: नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।

 

प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिएका छन् ।

 

तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक)का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त जनाएको छ ।

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन भने अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै छन् ।

 

एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म हुँदैछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...