YouTube Link

आज सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट बस्दै, रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास

आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्ने

Facebook Link

 

काठमाडौं: आज सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट बस्दैछ ।

 

बैठकले इजलास तोक्न गोला प्रणाली लागू गर्ने मिति तय गर्नेछ ।

 

यसअघिको पूर्ण बैठकले गोलाप्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोलाप्रथाको कार्यविधि पारित गरेको थियो ।

 

उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ ।

 

आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८ न्यायाधीशको बैठक बस्नेछ ।

 

रामशाहपथदेखि बालुवाटारसम्म मार्चपास

 

नेपाल बार एसोसिएसन लगायत विभिन्न पेसागत संगठनको सहभागितामा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिने भएको छ ।

 

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ ।

 

आज दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने तयारी छ ।

 

बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरूलाई धारणापत्र बुझाइसकेको छ । यस्तै हिजो १८ वटा उच्च अदालतमा विरोध सभा गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...