YouTube Link

नेपाली सेना र सञ्चार जगतबीच पाँचदिने अभिमुखिकरण तालिम सुरु

Facebook Link

 

काठमाडौं: आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेना र सञ्चार जगतबीच पाँचदिने अभिमुखिकरण तालिम सुरु भएको छ ।

 

आइतबार जंगी अड्डामा आयोजित शुभारम्भ कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २६ जना रक्षा संवाददाताहरूलाई सहभागी छन् ।

 

सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै आफ्नो अमूल्य समय दिई सहभागी भएका रक्षा संवाददाताहरुलाई धन्यवाद प्रकट गरे ।

 

उनले नेपाली सेना सेना र सञ्चार माध्यमबीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले यस प्रकारको अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याएको बताए ।

 

अभिमुखीकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चामलन गरिने सेनाले जनाएको छ ।

 

साथै सेनाले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्र गौरवको आयोजना काठमाडौं-तराई-मधेश द्रुतमार्गको फिल्ड भिजिटसमेत गराउनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...