YouTube Link

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेताहरू पार्टी निर्माण तथा सत्ता साझेदारीमा जाने

World Cup 2026
Facebook Link

काठमाडाै‌: निर्वाचन आयोगले बुधवार राति दर्ता गरेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरूले अब उनीहरूको ध्यान पार्टी निर्माण तथा सत्ता साझेदारीमा जाने बताएका छन् ।

 

आयोगले आफ्नो पार्टी दर्ता गरेको भोलिपल्ट बीबीसीसँग कुरा गर्दै सो दलका नेता बेदुराम भुसालले तत्कालका निम्ति माउपार्टी नेकपा एमालेसँग एकता वा कुनै साझेदारीको सम्भावना नभएको बताए ।

 

नेकपा एमालेभित्र विकसित भएको गैरकम्युनिस्ट चरित्रविरुद्ध हामीले विद्रोह गरेको हो। अझ देशमा लोकतन्त्र अनि संविधानको रक्षाको लागि यो विद्रोह भएको हो, उनले भने ।

 

अहिले हाम्रो कसैसँग पनि एकता हुँदैन। तर संविधानको रक्षा गर्ने अनि प्रतिनिधिसभालाई पूर्ण कार्यकाल काम गर्न दिनेजस्ता मुद्दामा मन मिल्नेहरूसँग सहकार्य हुनसक्छ ।

 

उनले त्यसो भन्दै गर्दा सत्तामा साझेदार माओवादी केन्द्र तथा नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बुझिन्छ ।

 

निर्वाचन आयोगले बुधवार राति नै गठन भएको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीका नेताले पनि आफूले उठाएका संविधान संशोधनजस्ता विषयमा प्रतिबद्धताअनुरूप व्यवहार भए वर्तमान सत्तारूढ गठबन्धनमै सहभागी हुन सकिने जनाएको छ।

 

यो सरकारलाई हामीले बाहिरबाट त समर्थन दिएकै छौँ। अब हामीले उठाएका विषयमा सहमति जनाए सत्तामा सामेल हुन पनि सकिन्छ,लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए।

 

माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।

 

चुनाव सम्मै तालमेलको सम्भावना

 

अर्थात् राप्रपाबाहेक संसद्‌मा रहेका सबैजसो दल सत्ता गठबन्धनमै सहभागी वा त्यससँग निकट देखिन्छन्।

 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ यो ध्रुवीकरण कम्तीमा आगामी चुनावसम्म जान सक्ने ठान्छन्।

दुईवटा गठबन्धन हुनसक्ने सम्भावना छ। एक त अहिलेकै सत्ता गठबन्धन नै चुनावसम्म मिलेर जाने सम्भावना अनि अर्को चाहिँ वामपन्थी दलहरू जसमा माओवादी केन्द्र, नयाँ दल, उपेन्द्र यादव नेतृत्वको दल तथा चुनावमा सामेल हुने निर्णय गरेमा नेत्रविक्रम चन्द नेतृत्वको दल मिल्ने सम्भावना छ।

 

तर नेकपा एमालेसँग कसैले गठबन्धन गर्ने देखिँदैन श्रेष्ठले भने।

 

अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरेल पनि एमालेका आगामी दिन चुनौतीपूर्ण देख्छन् ।

 

हिजो एमाले कहाँ थियोरु कसका कारणले शिखरबाट झरेर पीँधमा आइपुग्योरु प्रदेश सरकारहरूमा उसको के अवस्था छरु हिजोको गुमेको जुन महिमा त अब ऊ त्यो ठाउँमा कुनै हालतमा पुग्दैन उनले बीबीसीसँग भनेका छन् ।

 

अब गठबन्धनको संस्कृति अघि बढ्छ। संविधानमा रहेको मिश्रित निर्वाचन पद्धतिका कारण पनि कुनै पार्टीको बहुमत आउन सक्दैन। जसले राम्रो गठबन्धन गर्न सक्छ उसको भविष्य छ, अन्यथा छैन।

 

त्यो हिसाबले हेर्दा एमालेको आगामी दिन विगतको भन्दा थप चुनौतीपूर्ण र अप्ठेरो बाटोमा देखिन्छ।

 

हाल विभाजित भएपछि पनि केपी ओली नेतृत्वको नेकपा एमाले अझै पनि संसद्‌मा सबभन्दा ठूलो दल हो निर्वाचन आयोगले भनेकाे छ ।

 

उक्त दलले अब मंसिरमा महाधिवेशन गर्ने अनि डेढ वर्षपछि हुने चुनावमा फेरि बहुमत ल्याएर सत्ताको नेतृत्व सम्हाल्ने बताउँदै आएको छ।

 

नवगठित दलका प्राथमिकता के ?

 

पार्टी निर्माण र सत्ता साझेदारीका विषयले नवगठित पार्टीमा तत्काल प्राथमिकता पाउने देखिन्छ ।

 

पहिलो काम त पार्टीलाई व्यवस्थित पार्ने नै हुन्छ। केन्द्रीय कमिटीको सानो प्रारूप हामीले निर्वाचन आयोगमा पेस गरेका छौँ।

अब त्यसलाई विस्तार गर्नु छ अनि प्रदेशदेखि स्थानीय सबै तहमा राजनीतिक कमिटीहरू बनाउनुपर्नेछ, नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले बताए।

उनका अनुसार नेकपा एमालेको अघिल्लो नवौँ महाधिवेशनमा पार्टी दुईवटा प्यानलबीच सङ्घर्ष भएकोमा त्यतिखेर पराजित माधवकुमार नेपाल नेतृत्वको प्यानल तल्लो तहसम्मै रहेको र अब तिनैलाई क्रियाशील बनाउनेतिर नयाँ पार्टी लाग्नेछ।

लोकतान्त्रिक समाजवादी पार्टीको हकमा चाहिँ यसअघि उपेन्द्र यादवको दलसँग एकता भए पनि त्यो केवल कार्यकारिणी तहमा मात्रै समायोजन भएको र बाँकी तल्लो सङ्गठन समायोजन भइनसकेका कारण नयाँ पार्टीले सहजै साङ्गठनिक पुनर्गठन गर्न सक्ने नेता लक्ष्मणलाल कर्णले बताए ।

पहिलो चरणमा हामी पार्टी र सङ्गठन निर्माणमा केन्द्रीय थियौँ। त्यो चरणपश्चात् अब सत्तामा सहभागिताको आवश्यकताबारे हामी छलफल गर्छौँ,भुसालले भने ।

सङ्घीय संसद्को दुवै सदनका १५४ एमाले सांसदमध्ये २९ जनाले बुधवार निर्वाचन आयोगमा पुगेर माधवकुमार नेपाल समूहले गठन गरेको नेकपा ९एकीकृत समाजवादी० मा सहभागी हुन सनाखत गराएका थिए ।

त्यस्तै अलग पार्टी गठनका लागि जनता समाजवादीका ३७ सङ्घीय सांसदमध्ये १४ सांसदले महन्थ ठाकुर(राजेन्द्र महतो समूहको लोकतान्त्रिक समाजवादी पार्टीमा सहभागी हुन सनाखत गरेका थिए।

नेपाली कांग्रेस नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दै २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न पाउने व्यवस्था गरेपछि अलग पार्टी दर्ताका लागि ती दुई समूहले निर्वाचन आयोगमा निवेदन दिएका थिए । बीबीसी

याे पनि:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...