ग्लोबल आइएमई बैंकले ७.२९ प्रतिशत ब्याजदरमा सवारी कर्जा
वि.सं.२०७८ भदौ १० बिहीवार ०९:५६
1.6K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतीय सवारी कर्जालगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ। यस वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ७.२९ अटो एक्प्रेस ड्राइभ उत्सव योजनाहरु सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारीसाधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिका लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन्।
यो योजना निजी प्रयोजनका लागि विभिन्न नयाँ सवारीसाधन खरिदका लागि उपलब्ध हुने बैंकले जनाएको छ। यसका साथै कर्जा आवेदन प्रक्रिया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ।
बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरिद गर्ने प्रयोजनका लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो। यो योजना निश्चित अवधिका लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ। हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियमसहित) को ब्याजदरमै घर कर्जा योजनासमेत सञ्चालन गरिरहेको छ।
यो पनी पढ्नुहोस् :
भ्याली एक्सप्रेसको छैठौं शाखा चावहिल के एल टावरमा
वि.सं.२०७८ भदौ १० बिहीवार ०९:५६



















