स्ट्राइकर एम्बाप्पेलाई रियाल म्याड्रिडले औपचारिक प्रस्ताव
१६० मिलियन युरोको
वि.सं.२०७८ भदौ ९ बुधवार १६:४९
2.5K
shares
एजेन्सीः स्ट्राइकर किलीयन एम्बाप्पेलाई स्पेनिस महारथी क्लब रियाल म्याड्रिडले औपचारिक रुपमा किन्ने प्रस्ताव गरेको छ ।
एम्बाप्पे र पिएसजीको सम्झौता नविकरण नभएको हुदा रियालले यो प्रस्ताव राखेको हो ।
क्लबसँग आफ्नो सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि रियल म्याड्रिडले पिएसजीसँग औपचारिक प्रस्ताव गरेको हो ।
स्पेनिस मिडियाहरुले यस बारेमा उल्लेख गरेका छन् ।
मार्काका अनुसार स्पेनिस क्लब रियल म्याड्रिडले स्ट्राइकर एम्बाप्पेका लागि १६० मिलियन युरोको प्रस्ताव गरेको छ ।
एम्बाप्पेको पिएसजीमा अब एक बर्ष मात्र सम्झौता रहेको छ ।
उनले सम्झौता नविकरण नगरि रियल म्याड्रिड जाने इच्छा व्यक्त गरेको उल्लेख गरिएको छ ।
पिएसजीले विश्व स्टार लियोनल मेस्सीलाई क्लबमा भित्राएसँगै एम्बाप्पेले क्लबमा भविश्य नरहेको अनुमान गरेका छन् ।
जनवरीको खेलाडी ट्रान्सफर विन्डो देखि एम्बाप्पेले फ्री(ट्रान्सफरको कुरा गर्न पाउने छन् ।
अहिले राम्रो रकमको प्रस्ताव आएको बेला पिएसजीले एम्बाप्पेलाई बेच्ने दबाबमा आएको मिडिया रिपोर्टमा बताइएको छ ।
यस सिजनको खेलाडी ट्रान्सफर विन्डो अगस्त अन्तिम सम्म रहेको छ ।
पिएसजीले केहि दिनमा एम्बाप्पेलाई रियल म्याड्रिडले दिएको मुल्यमा बेच्न सक्ने अड्कल गरिको छ ।
यदि पिएसजीले जोखिम नमोलि पाएको सुनौलो अवसरमा एम्बाप्पेलाई बेचेमा रियाल म्याड्रिडले भित्र्याउने सक्ने अड्कल तिब्र भएको छ ।
रियल म्याड्रिड र पिएसजीको सम्बन्ध राम्रो भएकाले पनि एम्बाप्पेको विषयमा सौहार्दपूर्ण रुपमा नै कुरा अगाडी बढेको बताइएको छ ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ भदौ ९ बुधवार १६:४९




















