जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाइ तीन कास्य पदक
एएसबिसी एशियन युथ
वि.सं.२०७८ भदौ ९ बुधवार १२:४२
1.8K
shares
काठमाडौंः एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक प्राप्त गरेको छ ।
नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी च्याम्पियनसिपमा कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन् ।
जुनियर बक्सिङ च्याम्पियनसिपमा छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ कि.जी तौलमा कास्य पदक प्राप्त गरेको हो ।
उहाँ सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसँग पराजित भएका थिए ।
यसअघि उहाँले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै सेमिफाईनल प्रवेश गरेका थिए ।
जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५-० अङ्कले पराजित गरेका थियो ।
नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ कि.जी तौलमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ कि.जी तौलमा नारिका राईले पनि कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुष तर्फ ६० कि.जी तौलमा इन्द्र बहादुर सुनार, ५४ कि.जी तौलमा सुलभ माली र ७१ कि.जी तौलमा सुदेन गिरीले प्रतिस्पर्धा जारी प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
गएको महिना ललितपुरको सातदोबाटो स्थित सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको थियो ।
टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी हुनुहुन्छ ।
टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन् ।
प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ भदौ ९ बुधवार १२:४२



















