दल दर्ताका लागि नेकपा एकीकृत समाजवादीका नेता र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगे
दल दर्ता गर्न सनाखतका लागि बिहान ११:३० बजेदेखि २ बजेसम्मको समय तोकियो
वि.सं.२०७८ भदौ ९ बुधवार १२:३९
2.8K
shares
काठमाडौं: माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो ।
सनाखतका लागि आज बिहान ११:३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग पुगेका छन् ।
सनाखतको लागि तत्कालीन एमालेका ६२ जना केन्द्रीय सदस्य र ३३ जना संघीय सांसदहरु आयोग पुगेका छैन ।
यसैबीच नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।
दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय पुगेका छन् ।
सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ ।
प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।
वि.सं.२०७८ भदौ ९ बुधवार १२:३९



















