YouTube Link

मोटर बाटो नपुगेको जग्गा धितो राखी २० लाखसम्म ऋण लिन सकिने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं:  मोटर बाटो नपुगेको जग्गा धितो राखी २० लाखसम्म ऋण लिन सकिने भएको छ  । नेपाल राष्ट्र बैंकले एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम गर्नेले आधार दरमा थप २ प्रतिशत प्रिमियम तिरेरै ऋण पाउने व्यवस्था गरिदिएको हो ।

 

नयाँ व्यवस्था अनुसार अब कसैले यो शीर्षकमा २० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गासमेत धितो राख्न सक्नेछ।

 

राष्ट्र बैंकले  इजाजतपत्रप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मङ्गलवार जारी गरेको एकीकृत निर्देशन २०७७ को संशोधित निर्देशिकामा यस्ता व्यवस्था गरिएको हो ।

 

सामान्यत धितो राखिने जग्गा मोटर बाटो योग्य हुनु पर्नेछ। तर, यी विशेष ऋणीको लागि भने त्यो आवश्यक पर्ने छैन ।

 

त्यस बाहेक यस्तो ऋण सात दिनभित्र दिनु पर्ने किटानी व्यवस्था पनि संशोधित निर्देशिकामा छ । यदि ऋण नदिने हो भने बैंक तथा वित्तीय संस्थाले नदिनुको कारण खुलाउनु पर्ने व्यवस्था गरिएको छ।

 

त्यस्तै, कोभिड–१९ बाट अति प्रभावित सार्वजनिक यातायात व्यवसायीलाई सवारी साधन सञ्चालन तथा मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन २ लाख रुपैयाँ सम्म थप कर्जा प्रदान गर्न सक्ने छन् ।

 

यस्तो थप कर्जाका लागि डेप्ट टू इक्वीटी रेसियो र एकल ग्राहक कर्जा सीमा कायम गर्न २०७९ असार मसान्तसम्म अनिवार्य नहुने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ ।

 

यस बाहेक अब २ अर्ब रुपैयाँ वा सोभन्दा बढी रकमको बहु–बैंकिङ्ग कर्जा उपभोग गर्ने र गरिरहेका ऋणीहरूको कर्जा सहवित्तीयकरण कर्जामा परिणत गर्नु पर्नेछ ।

 

यस व्यवस्था बमोजिम सहवित्तीयकरण कर्जामा परिणत नभएका बहु-बैंकिङ्ग कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी सोही बमोजिमको कर्जा नोक्सानी व्यवस्था कायम गर्नु व्यवस्था गरेको छ ।

 

तर, विपन्न वर्ग कर्जा अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कर्जाको हकमा यो व्यवस्था बमोजिम सहवित्तीयकरण कर्जामा परिणत गर्न अनिवार्य नहुने राष्ट बैंकले जनाएको  छ ।

 

यो पनी पढ्नुहोस् :

तेह्रथुम पावर कम्पनीले आइपीओ निष्काशन तथा बिक्रि खुला

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...