YouTube Link

रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको गोलले मान्यता पाएन

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सीः क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको गोलले मान्यता पाएन ।

युभेन्ट्सले इटालियन सिर ‘ए’ लिगमा सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाउन सकेन ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा युभेन्ट्स युडिनेसीसँग २–२ को बराबरीमा रोकिएको छ ।

प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डोलाई सुरुआती ११ मा स्थान दिएका थिएनन् ।

पछिल्लो केही दिन यता रोनाल्डो रियाल मड्रिड फर्कन लागेको खबर सार्वजनिक भइरहेको छ ।

स्वयम् रोनाल्डो र एलेग्रीले तथ्यहीन खबरको पछि नलाग्न पनि आग्रह गरेका थिए ।

एलेग्रीले रोनाल्डोलाई समावेश गर्दै आफुले टोलीको रणनीति तयार पारेकाले भ्रममा नपर्न समेत आग्रह गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो टोलीका सधैं प्रमुख खेलाडी हुन् ।

आज सिजनको पहिलो खेल थियो ।

त्यसैले मैले रोनाल्डोलाई सुरुआती ११ मा समावेश नगरेको हुँ।

एलेग्रीले भने, उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरे ।

उनकै गोलमा टोली स्पष्ट ३ अंकका साथ सुखद सुरुआतको संघारमा पुगे पनि हामी त्यसमा सफल भने हुन सकेनौं ।’

पहिलो हाफमा पाउलो डिबाला र हुवाँ क्वाडार्डोको समान एक गोलमा युभेन्ट्सले पहिलो हाफमै २–० को अग्रता लिएको थियो ।

तेस्रो मिनेटमा डिबालाको गोलमा अग्रता लिएको युभेन्ट्सको अग्रता २३औ मिनेटमा क्वाडार्डोले दोब्बर पारेका थिए।

दोस्रो हाफमा गोलकिपर वाइजे स्चिन्सेको दुई गम्भीर गल्तीमा युडिनेसी खेलमा फर्किएको थियो ।

५१औं मिनेटमा रोबेर्टो पिइरेराले गरेको पेनाल्टीको सदुपयोग गर्दै युडिनेसीलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

स्चिन्सेले तोलगे आर्सलानलाई लडाएपछि युडिनेसीले खेलमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

८३औँ मिनेटमा जेरार्ड डेउलुफुले स्चिन्सेकै गल्तीको फाइदा उठाउँदै युडिनेसीलाई खेलका फर्काएका थिए ।

इन्जुरी समयको चौथो मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत युभेन्ट्सलाई अग्रता दिलाउँदै स्पष्ट ३ अंकको संघारमा पुर्याीएका थिए ।

तर भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड भन्दै सो गोलले मान्यता पाएन।

यो पनि पढ्नु होस्ः राष्ट्रिय क्रिकेट टिमको १७ सदस्यीय टोली आज ओमान प्रस्थान

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...