Rajshow Bivag

गरिमा बनिन् न्यूयोर्कमा सम्पन्न ‘मिस नेपाल नर्थ अमेरिका-२०२१’

Departmant of helth services

काठमाडौं: न्यूयोर्कमा सम्पन्न नर्थ अमेरिका-२०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगितामा मिस नेपाल बिजेता गरिमा ज्ञवाली जितेकी छिन् ।

 

गरिमा ज्ञवालीले १७ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज पहिरिएकी हुन् । प्रथम बिजेतामा याङ्गछेन लामा तथा तथा द्वितीय बिजेता सुभेच्छा निरौला भएका छन् ।

 

यसको साथै मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राइ, मिस पपुलरमा नग्मा गुरुङ्ग मिस स्माइलमा निमिका थापा, मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस डिसीप्लिनमा सुप्रिता फुयाल, मिस क्याटवाकमा दिना केसी, मिस पर्सनालिटीमा गरिमा ज्ञवाली, मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस वेस्ट स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल, मिस बेस्ट फिजिक्समा उर्जा केसी, मिस बेस्ट हेरिटेजमा जेनी रावत लगायतलाई प्रदान गरिएको थियो ।

 

अगस्ट १ देखि अगस्ट ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिवारका दिन न्युओर्कको तिब्बती सामुदायिक केन्द्रमा हलमा विजेता तथा अन्यको घोषणा गरिएको हो । १८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता भएका थिए । पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्च्यात दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

 

प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ, मनिता देवकोटा, मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए । सन् २०१८ की मिस नेपाल वर्ल्ड (नेपाल विश्व सुन्दरी) शृखला खतिवडा अफिसियल मेन्टर (आधिकारिक परामर्शदाता) तथा मुख्य निर्णायक रहेकी थिईन । सदिक्षा श्रेष्ठ कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण) तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिईन ।

 

साहना वज्राचार्य कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । यस्तै गरि निर्णायकहरुमा चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी, निर्माता तथा निर्देशक आशिष प्रसाई, सवु गदाल कार्की, मोनिका घले, मलिना जोशी, डा.सुलोचना गुरुङ, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।

 

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो । ११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू रहेको मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहका संस्थापक अध्यक्ष शैलेश श्रेष्ठ हुन् ।

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...